टीभीएस अपाचे आर टीआर बजारमा

0
Shares

काठमाडौं, (नेस)
टीभीएस् मोटर कम्पनीले टीभीएस अपाचे आर टीआर २००४ भि नेपाली बजारमा ल्याएको छ । रेस इडिसन २.० नाम गरेको नया“ अपाचेआर टीआर २००४ भीमा एटीआर स्लिप्पर क्लच प्रविधि रहेको छ ।

टीभीएस अपाचे आर टीआर २००४ भी रेस इडिसन २.० एटीआर स्लिप्पर क्लच प्रविधि भएको आफ्नो वर्गको पहिलो मोटरसाइकल हो । रेसले प्रेरित यो प्रविधिले आर टीआर २०० ४ भी इन्जिनको रेसिङ डीएनएको प्रमाण दिन्छ । एटीआर स्लिप्पर क्लच प्रविधिले मोटरसाइकलको क्षमतालाई बढाउ“छ, क्लच फोर्सलाई २२ प्रतिशत घटाउ“छ, यो प्रविधिले उच्च गतिमा चालकको सुरक्षा सुनिश्चित गर्दछ, मोडमा वाहन स्थिरता सुनिश्चित गर्दछ र न्यूनतम दबाबमा तीव्र र सटीक गियर सिफ्ट गर्छ ।

टीभीएस नेपालका कन्ट्री म्यानेजर एस नारायण कुमार र जगदम्बा मोटरर्सका उपाध्यक्ष दीपक अग्रवालको उपस्थितिमा हालै उक्त मोटर साइकल सार्वजनिक गरिएको थियो ।
यस मोटरसाइकलमा १९७.७५ सीसी सिङ्गल–सिलिन्डर मोटर छ जुन ५–स्पीड गेअर बक्ससँग जोडेको छ । यस इन्जिनले ८५०० आरपीएममा २०.५ पीएस कर्ब र २१.० पीएस एइmआई पावर दिन्छ । यसको बजार मूल्य ३ लाख २४ हजार ९०० रुपिया“ रहेको कम्पनीले जनाएको छ ।