लिविया डुङ्गा दुर्घटनामा परेका दुई सय आप्रवासीको उद्धार



त्रिपोली
भूमध्यसागरीय बाटो हुँदै यूरोप जाने क्रममा लिबियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको र कम्तीमा २०० जनालाई सकुशल उद्धार गरिएको लिवियाली नौसेनाले शनिबार जनाएको छ ।

उद्धार गरिएकामध्ये तीन बालबालिका र नौ महिला रहेका छन् । दुर्घटनामा परेका ९४ जनालाई शुक्रबार उद्धार गरिएको थियो भने बाँकि सबैजनालाई शनिबार उद्धार गरिएको छ । त्रिपोलीबाट करिब २५ किलोमिटरको दूरीस्थित गराबुलीमा डुङ्गा दुर्घटनामा उक्त घटना भएको हो ।

मृतक सुडान, नाइजेरिया, चाड, र इजिप्टका नागरिक रहेको लिवियाली नौसेनाका प्रवक्ता आयोव कासेमले बताउनुभयो ।
गत बुधबारदेखि शनिबार समाचार तयार पार्दासम्म करिब नौ सय आप्रबासीलाई मौसममा आएको परिवर्तनका असुरक्षित देखिएको सामुद्रिक बाटो भएर अघि जान रोकिएको वा उद्धार गरिएको उहाँले बताउनुभयो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्