राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पुरस्कार

0
Shares

 

काठमाडौं, (नेस)
राष्ट्रिय वाणिज्य बैंकको ५३औं वाषिकोत्सबको अवसरमा घोषणा गरिएको उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालय तथा कर्मचारीलाई बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले पुरस्कार वितरण गर्नुभयोे ।

कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरेवापत सर्वोत्कृष्ट कर्मचारी पुरस्कार संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख मुख्य प्रबन्धक नरेशराज अर्याललाई नगद ५० हजार रुपिया“ र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट कार्य सम्पादन गरे वापत अन्य २९ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद २० हजार रुपिया“ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा प्रथम हुने शाखा कार्यालय नाराणपुर शाखाका प्रबन्धक खेम डा“गीलाई नगद ५० हजार र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १६ वटा शाखा कार्यालयका प्रबन्धकलाई नगद १० हजारदेखि ३० हजार रुपिया“सम्म र प्रमाणपत्र पुरस्कार प्रदान गरियो ।

सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रबन्धकलाई पुरस्कार प्रदान गर्नु हुँदै बैंकिङ क्षेत्रमा नयांँ–नयाँ प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसकिने हुँदा आधुनिक सेवा दिनुपर्ने विचार व्यक्त गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंक क्लिन र स्मार्ट बैंकिङको रुपमा अगाडि बढिरहेको विचार व्यक्त गर्नुभयो ।