रहस्यमय रोगबाट अर्को एक अमेरिकी राजनितिज्ञ पिडित



वासिङटन (एजेन्सी)
क्युबामा आफनो अर्को एक राजनितिज्ञ रहस्यमय रोगबाट ग्रस्त भएको अमेरिकाले जनाएकोछ । यो घटनापछि यो रोगबाट पिडित हुने अमेरिकी राजनितकको संख्या बढेर २५ पुगेको छ ।

विदेश मन्त्रायलकी प्रवक्ता हिथर नर्टले सन् २०१७ अगस्टपछि चिकित्सकिय रुपमा पुष्टि भएको यो हवानाको पहिलो मामिला भएको बताइन् ।
क्युबामा यस प्रकारको पहिलो घटना सन् २०१६ को अन्तिम महिनामा देखिएको थियो । त्यसपछि सन् २०१७ मा पनि यस प्रकारको रोगबाट राजनितिज्ञहरु पिडित भएको घटना आउने क्रम जारी रह्यो । तर चीनमा एक अमेरिकी अधिकार पनि यस प्रकारको संदिग्ध रोगको चेपेटामा आएपछि यो रोग अझ रहस्यमय बनेको हो ।

ती अधिकारी चीनको ग्वांगझाओमा अमेरिकी वाणिज्य दुताबासमा कार्यरत थिए ।
अमेरिकाले सुरुमा यो एक प्रकारको हमला भएको बताएको थियो । अमेरिकाले यस मामिलाको जानकारी हवानालाई मेमा दिएको र क्युबालाई पनि आफ्नो भुमीमा कुतनितिज्ञहरुको सुरक्षा सुनिश्चित गर्न भनेको हिथरले बताइन् ।

अमेरिकी राजनितिज्ञहरुलाई हवानाबाट बोलाइसकेका थिए । तर उनीहरुको स्वास्थ्य सम्बन्धी परीक्षणका बारेमा कुनै जानकारी दिएको छैन ।
न्युयोर्क टाइम्सको समाचार अनुसार अधिकारीहरुलाई यस हमलाको पछाडी के उद्देस्य हुनसक्छ भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । यद्यपी यसको जाँच गर्नका लागि गठित कमिटीको संख्यामा भने बढ्दै गइरहेको छ । स्वास्थ्य विभाग यस रोगको कारण पत्तालगाउनका लागि लगातार काम गरिरहेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले क्युबा र चीनमा आफना कर्मचारीमाथि यस प्रकारको संदिग्ध हमलापछि आफना दर्जन भन्दा बढी राजनितिज्ञलाई जाँचका लागि फिर्ता बोलाइसकेको छ ।

संदिग्ध हमलाबाट पिडित कुटनितिज्ञलाई करिब समान लक्षणका समस्या देखिएका थिए । उनीहरुमा सामान्य टाउको दुखाइ, कानमा अत्यन्त दुखाइ, थकान हुने, मनमा कुराखेल्ने जस्ता लक्षण देखिएका थिए । गत अप्रिलमा चीनको ग्वाङझाउमा सुरुमा अमेरिकी राजनितज्ञहरुले अनौथो आवाज सुनेको गुणासो गरेपछि उनीहरुलाई बोलाइएको थियो ।

अमेरिकी जाँचकर्ताहरुले सुरुमा क्युबाका राजनितिज्ञहरु विरामी हुनुको कारण ‘सोनिक हमला‘ हुन सक्ने आसंका गरेका थिए । तर अहिलेसम्म यसको पुष्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्