अमेरिका: निशस्त्रीकरण प्रक्रिया सुरु



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीच यही १२ जुनमा सिंगापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न व्यक्तिबाट आलोचनात्मक विचारहरु आइरहेका बेला राष्ट्रपति ट्रम्पले यो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

कतिपय अमेरिकी जनताले नै सम्झौतामा हस्ताक्षर गरेबमोजिम उत्तर कोरियाले निशस्त्रीकरण गर्न नसक्ने बताउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले भने न्त्रिपरिषदको बैठकमा उत्तर कोरियाले यसअघि नै एउटा आणविक परिक्षण केन्द्र नष्ट गरिसकेको र सो कुरा सार्वजनिक पनि भइसकेको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्