ओम डेभलपमेन्ट बैंकको शाखा न्यूरोडमा

0
Shares

काठमाडौं, (नेस)
ओम डेभलपमेन्ट बैंकले न्यूरोडमा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेपाल आदर्श माध्यामिक बिद्यालय न्यूरोड, काठमाडौंका विद्यार्थीलाई स्टेशनरी प्रदान गरिएको थियो ।

बैंकले जेठ मसान्तसम्म १९ अर्ब ५० करोड निक्षेप संकलन गरी १७ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । बैंकको शाखा संख्या ५३, ग्राहक संख्या करिब २ लाख ३५ हजार, एटीएम संख्या १७ रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताउनुभयो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीले बैंकले जर्मनीको केएफडब्लु बैंकसंँग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाखसम्मको कर्जा लगानी गरिरहेको, ग्राहकलाई निःशुल्क सी–आस्बा सेवा प्रदान गरिरहेको, बिना धितो १५ लाखसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आईराखेको जानकारी गराउनुभएको थियो ।