१२ प्रतिशतले बढे पर्यटक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पछिल्लो पा“च महिनामा नेपाल आउने पर्यटकको संख्या ४ लाख ५४ हजार ३ सय ४ जना रहेको छ । यो संख्या जनवरीदेखि मे महिनासम्मको रहेको अध्यागमन विभागले जनाएको छ ।

उक्त संख्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । सन् २०१७ को पहिलो पा“च महिनामा ४ लाख १ हजार ५ सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
विभागका अनुसार सो संंख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाईमार्ग र अन्य ६ वटा स्थलमार्ग भएर आउने पर्यटकको रहेको छ । मार्च महिना ९३ हजार २ सय ५८ पर्यटक आएका छन् ।

जनवरीमा ५७ हजार ५ सय ५५ र फेबु्रअरीमा ६६ हजार १ सय ८५ पर्यटक आएका छन् । विमानस्थल हु“दै २ लाख १६ हजार ९ सय ९८ आएका छन् भने स्थलमार्गबाट ६९ हजार ८ सय ६७ पर्यटक ३ महिनामा आएका छन् । अप्रिल महिनामा ९८ हजार ८ सय २५ पर्यटक आएका थिए । जुन पछिल्लो ५ महिनाकै सबैभन्दा धेरै संख्या हो ।

त्यस्तै मे महिनामा भने ६८ हजार ८ सय २९ पर्यटक हवाईमार्ग र स्थलमार्ग हु“दै नेपाल भित्रिएका हुन् । सन् २०१७ को मे महिनामा भने ६२ हजार ७३ जना पर्यटक नेपाल आएका थिए। यस वर्ष मे महिनाको तुलनामा ९ दशमलव ६ प्रतिशले बढी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ५२ हजार ७ सय ९७ जनाले बढी हो ।

नेपाल पर्यटन बोर्डका निर्देशक सुनील शर्माले बोर्डले गर्दै आएको विभिन्न प्रचारात्मक गतिविधिले गर्दा पर्यटकको संख्यामा वृद्धि हु“दै गएको दाबी गर्नुभयो । सरकारले पूर्वाधार विस्तारमा ध्यान दिएर नया“ पर्यटकीय गन्तव्यको बारेमा आन्तरिक पर्यटकलाई समेत आकर्षित गरेको खण्डमा विदेशी पर्यटकको संख्या विस्तारमा वृद्धि हुने सरोकारवालाको जोड छ ।

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको बनारसमा यसै महिनाबाट हप्ताको ४ उडान गर्ने छ यसबाट पनि भारतीय पर्यटक आगमनको संख्यामा वृद्धि हुने छ ।

निकट भविष्यमा नै बुद्ध एयरले भारतीय पर्यटकलाई चीनको मानसरोवर यात्रा सहज गराउनको लागि दिल्ली–नेपालगन्ज उडान गर्दै छ । यता नेपाल वायुसेवा निगमले पनि २ वटा वाइड बडी विमान आयात गर्दै छ ।

१ विमान असारको १४ गते र अर्काे विमान चा“डै आउने जनाइएको छ । यी विमानजको सञ्चालनस“गै नेपालको पर्यटकको संख्यामा समेत वृद्धि हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७५÷७६को बजेटमा सरकारले आगामी दुई वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी भिजिट नेपाल २०२० अभियान सञ्चालन गरिनेछ गर्ने कार्यक्रम छ ।