शिवम् सिमेन्टलाई प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न अनुमति

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल धितोपत्र बोर्डले शिवम् सिमेन्टलाई प्रिमियम मूल्यमा स्थानीयबासी र सर्वसाधारणलाई शेयर जारी गर्न अनुमति दिएको छ ।

बोर्डले शिवम् सिमेन्टसले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ प्रतिशतले ८ लाख ८० हजार कित्ता तथा सर्वसाधारणका लागि १० प्रतिशतले ४४ लाख कित्ता गरी कुल ५२ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशनका गर्न अनुमतिका दिएको हो ।

इक्रा नेपालले क्रेडिट रेटिङ ग्रेड ३ प्लस प्रदान गरेको र सार्वजनिक निष्काशन गरिने सम्पूर्ण शेयर प्रत्याभूति गरिएको उक्त कम्पनीलाई बोर्डले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि प्रिमियमसहित क्रमशः प्रतिशेयर ३ सय र ४ सय रुपिया“का दरले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।

दैनिक ३ हजार टन उत्पादन क्षमता रहेको उक्त उद्योगलाई धितोपत्र बजारमा सूचीकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीलाई करमा विशेष छुट दिने व्यवस्था अनुरुप अनुमति दिएको हो । सरकारले बजेटमा वास्तविक क्षेत्रका कम्पनीलाई प“ुजी बजारमार्फत पु“जी परिचालन गर्न आकर्षित गर्ने नीति ल्याएको छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागू गरी प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पु“जीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने लगायतका सुधार गरेको छ ।