मानवअधिकार परिषदबाट अमेरिका बाहिरिने निर्णय

0
Shares

न्युयोर्क (एजेन्सी)
अमेरिकाले संयुक्त राष्ट्र मानवअधिकार परिषदबाट बाहिरिने निर्णय गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रका लागि अमेरिकी दुत निकी हेलीले विदेशमन्त्री माइक पोम्पियो एक संयुक्त प्रेस सम्मेलनमा उक्त घोषणा गरेकी हुन् ।

परिषदका प्रमुख जेद बिन राद अल हुसैनले अमेरिकाले मानवअधिकारको रक्षाबाट पछाडी हट्न नहुने बताएका छन् । अमेरिकी निर्णयको प्रतिरक्षा गर्दै हेलीले भनिन्– जब एक तथाकथित मानवअधिकार परिषद भेनेजुयला र इरानमा भइरहेका मानवअधिर उलंघनका बारेमा केहि बोल्न सक्दैन र कंगो जस्ता देशलाई आफनो सदस्यका रुपमा स्वागत गर्छ भने यसले मानवअधिकार परिषद भनाउने अधिकार गुमाउँछ ।

यसतो संस्थाले मानवअधिकारलाई नोक्सानमात्र पुर्याउने उनले बताइन् । परिषद राजनितिक पक्षपातबाट प्ररित रहेको पनि हेलीले आरोप लगाइन् । उनले भनिन् – यद्यपी परिषदबाट बाहिरिनुको अर्थ हामी मानवअधिकार प्रतिको जिम्मेदारीबाट पन्छिएका होइन भन्ने प्रष्ट पार्न चाहन्छु ।

गतबर्ष पनि युएनएचआरसी माथि ‘इजरायल विरुद्ध दुर्भावना र भेदभावबाट ग्रष्त ‘ भएको आरोप लगाएको थियो । त्यतिबेला नै अमेरिकाले परिषदमा आफनो सदस्यतालाई लिएर समिक्षा गर्ने बताएकी थिइन् ।