प्लेयर्स टू वाच: रोबर्ट लेवान्डोस्की


(पोल्यान्ड)
जर्मन बुन्डेसलिगा क्लब बायर्न म्यूनिखका स्ट्राइकर हुन् रोबर्ट लेवान्डोस्की। ६ फिट १ इन्च उचाइ भएका २९ वर्षीय लेवान्डोस्की पोल्यान्ड राष्ट्रिय टिमका कप्तानसमेत हुन्। सन २००६ बाट पोल्यान्डको नीज प्रस्जोबाट फुटबल करियरको सुरुआत गरेका उनले त्यसपछि पोल्यान्डकै लेच पोज्नान हुँदै जर्मनीको बोरुसिया डर्टमन्ड र बायर्न म्यूनिखमा स्थापित भएका हुन्।
हाल बायर्नका प्रमुख खेलाडी बनेका लेवान्डोस्कीले सोही क्लबबाट १ सय २६ म्याचमा १ सय ६ गोल गरिसकेको छन्। स्ट्राइकरको भूमिकामा बुन्डेसलिगामा तहल्का मचाउँदै आएका उनी पोल्यान्डको राष्ट्रिय टिममा सन् २००८ देखि सामेल छन्। यस क्रममा उनले राष्ट्रिय टोलीबाट ९५ म्याचमा ५५ गोल गरेका छन्। लेवान्डोस्कीले बायर्न म्यूनिखका लागि यसै फेबु्रवरीमा वल्फसबर्गविरुद्ध मात्र ९ मिनेटमा ५ गोल गरेर चर्चा बटुलेका थिए।