शेयरप्रति लचिलो बन्न सक्ने

0
Shares

काठमाडौं, (नेस)
हकप्रद र बोनस शेयरमा प“ुजीगत लाभकर सम्बन्धी अध्ययन गर्न गठित समितिले अर्थ मन्त्रालयमा सझाव पेस गरेको छ ।

समितिको सुझावमा अल्पकालीन र दीर्घकालीन लगानी ‘वेटेज एभरेज’को आधारमा लाभकर लगाउने व्यवस्था गर्न सुझाव दिएको बताइएको छ ।

समितिको सिफारिसलाई अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएमा अब प्रत्येक लगानीकर्ताको शेयरलाई वेटेड एभरेजका आधारमा हिसाब गरेर लाभ कर लिइनेछ । समितिले शेयर कारोबारमा कारोबार कर लगाउने विकल्पसहितको सुझाव पनि दिएको छ ।

आन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरको औसत आधार मूल्य गणना गर्ने व्यवस्था परिमार्जन गर्दै अंकित चुक्ता मूल्यको आधारमा नै लाभकर गणना गर्न निर्देशन दिएपछि विवादमा परेको थियो । लगानीकर्ताले शेयर कारोबार नै ठप्प पारेर आन्दोलनमा उत्रिएपछि सरकारले अध्ययन समिति गठन गरेको थियो ।

अर्थ मन्त्रालयको नीति व्यवस्थापन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठित समितिमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सीडीएस एन्ड क्लियरिङका प्रतिनिधि थिए ।

यसैबीच पु“जी बजारप्रति सरकार लचिलो बन्ने आशामा सोमबार घटिररहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९२ बिन्दूले बढेर एक हजार २३५ बिन्दूमा पुगेको छ ।

सोमबार कुल १५४ कम्पनीको चार लाख ८४ हजार ६४५ कित्ता शेयर १९ करोड ५२ लाख ३४ हजार १२६ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार  पा“च उपसमूहको शेयरमा बढेको छ भने चार उपसमूहको शेयर घटेको छ ।

होटल ४.३८, जलविद्युत् ९, बीमा २२.५२, अन्य ५.२६ र माइक्रोफाइनान्सको ८.७ अंकले बढेको छ । यस्तै बैंकिङ ०.५४, विकास बैंक १.२७, फाइनान्स ०.२६ र उत्पादन समूहको शेयर ८.१८ अंकले घटेको छ ।

यस्तै यस दिन ‘क’ वर्गमा कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४२ अंकले बढेको छ ।