तेल चोर्न नपाएपछि ढुवानी ठंप्प

0
Shares

नेपाल समाचारपत्र, काठमाडौंं
नेपाल आयल निगमको पोखरा डिपोका ट्याकर चालकले तेल चोर्न नपाएपछि ढुवानी ठंप्प पारेका छन् । निगमले तेल आयात गर्ने टं्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडानस“गै टं्यांकर चालकले तेल ओसार पोसार गर्दा हुने अपचलन रोकिएको थियो ।

चालकहरूका नेतृत्वकर्ता खडान्नद पाण्डे र शम्भु गिरीले अंलेखगन्ज र रक्सौल नाकाबाट इन्धन ढुवानी गर्न गएका टं्यांकरलाई धम्काएर इन्धन ढुवानी गर्न अवरोध गर्दै आएका छन् । बजारमा इन्धनको आपूर्तिमा अवरोध गर्दै आएको बुझिएको छ ।

मासिक तलब २० हजार पाउ“दै आएका उनीहरूले ढुवानी भत्तावापत एक ट्रिपमा ७ हजार ५०० रुपिया“ पाउ“दै आएका छन् । खर्च कटाएर पनि चालकको हातमा ३ं० हजार बचत हुन्छ । एक चालकले पोखरा रक्सौलमा ढुवानी वापत मासिक ६ पटक ढुवानी गर्दै आएका छन् । यस अनुसार मासकि १८ हजार बचत हुने देखिन्छ ।

मासिक तलब र भत्ता गरेर करिब मासिक ३६ देखि ३८ हजार रुपिया“ कमाउ“दै आएका थिए । निगमले भने वार्ताको माध्यबाट चालकको सेवा सुविधामा वृद्धि गर्नको लागि तयार रहेको बताएको छ । तर, अनेक बहानामा आम उपभोक्तालाई दैनिक अवरोध हुने गरी आपूर्ति व्यवस्थामा अवरोध नगर्न अनुरोधसमेत गरेको छ । निगमको अनुरोधलाई समेत वेवास्ता गदै ढुवानीमा अवरोध गर्न चालक दललाई कानुन अनुसार कारबाही गर्न निगमले तयारी थालेको छ ।

निगमले इन्धन आयतमा हुने अपचलन रोक्नको लागि भारतीय आयल निगम (आईओसी)को सहयोगमा नेपालमा इन्धन आयत गर्ने नाकामा सेक्युरिटी लकिङ सिस्टम जडान गर्दै आएको छ । गत वर्षको फागुन ३० गतेबाट झापाको चारआली डिपाबाट इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने सेक्युरिटी लकिङ सिस्टम जडान गरिएको थियो । भारतबाट इन्धन आयात गर्ने करिब ७० प्रतिशत ट्यांकरमा लकिङ गरिसेको छ भने विराटनगर र जनकपुर नाकाका ट्याङकरमा लकिङ गर्न बा“की रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो ।