जापान र नेपाल वीच हवाई सम्झौता

0
Shares

काठमाडौं, नेस
नेपाल र जापान वीच दुई पक्ष सिधा हवाई उडान गर्नको लागि सम्झौता भएको छ । हप्तामा १४ वटासम्म गर्न पाइने सम्झौतामा उल्लेख गरिएको छ । नेपाल सरकार र जापान प्रतिनीधि मन्डल वीच करिव २५ वर्षमा हवाई सम्झौताको पुनरावलोकन भएको मन्त्रालयले जनाएको छ ।
मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटा र जापानी प्रतिनिधि मण्डलले संयूतरुपमा सम्झौता पत्रमा हस्ताक्षयर गर्नु भएको थियो ।

नयाँ सम्झौता अनुसार अवदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका शहरमा उडान भर्न मिल्ने वताइएको छ । यो सम्झौता पछि यसै महिनामा आयत गर्न लागेको नेपाल वायूसेवा निगमको वाइडबडी विमानबाट जापानमा उडान गर्नको लागि थप सहज भएको छ ।