प्लेयर्स टु वाचः केभीन डे ब्रुयने (बेल्जियम)


इंग्लिश प्रिमियर क्लब म्यानचेस्टर सिटीका मिडफील्डर हुन् केभीन डे ब्रुयने। सन् २००८ बाट बेल्जियमको जिन्क क्लबबाट फुटबल करियरको थालनी गरेका केभीन त्यसपछि चेल्सी, वेर्डर ब्रेमेन, उल्फ्सबर्ग हुँदै सन् २०१५ मा म्यानचेस्टर सिटी पुगेका हुन्। यसक्रममा मिडफील्डर केभीनले सिटीका तर्फबाट ९७ खेलमा २१ गोल समेत गरेका छन्। ५ फिट ११ इन्च उंचाई भएका २६ वर्षीय केभीन सन् २०१० देखि बेल्जियम राष्ट्रिय टोलीमा अटाएका महत्वपूर्ण खेलाडी हुन्। यस क्रममा उनले बेल्जियमको राष्ट्रीय टिमबाट ६२ म्याचमा १४ गोल आफ्नो नाममा लेखाएका छन्।