१५ महिला सांदको कार्यकालको टुगों लाग्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया सुरु भएको छ । संघीय संसद भवनमा राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्दै छन् । गोला तान्ने क्रममा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ ।

यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल २ वर्ष हुने भएको छ । प्रदेश नम्बर तीनको उदया शर्मा पौडेलको ४ वर्ष, दिलकुमारी रावलको ६ वर्ष, धनकुमारी खतिवडाको २ वर्ष हुने भएको छ । त्यस्तै प्रदेश नम्बर ४ विन्दादेवी आले २ वर्ष, शान्तीकुमारी अधिकारी ४ वर्ष र दिपा गुरुङ ६ वर्ष हुने भएको छ ।

यस्तै प्रदेश नम्बर ५मा मिना बुढा २ वर्ष कोमल ओली ४ वर्ष अनिता देवकोटा ६ वर्ष हुने भएको छ । यस्तै प्रदेश नम्बर ६ मा सांसद युरोल तामाङ २ वर्ष कविता बोगटी ४ वर्ष, नन्दा चपाई ६ वर्षको कार्यकाल हुने भएको छ । त्यस्तै प्रदेश नम्बर ७ मा कमलाकुमारी ओलीको २ वर्ष, तारादेवि भट्ट ४ वर्ष र इन्दु कडरिया ६ वर्षको कार्यकाल हुने भएको छ ।