प्रदेश नम्बर १: बजेटमाथि छलफल शुरु

0
Shares

विराटनगर, (नेस)
प्रदेश नम्बर १ को सरकारले प्रस्तुत गरेको राजस्व तथा आयको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल शुरु भएको छ । सरकार पक्षका प्रदेशसभा सदस्यले बजेटको खुलेर प्रशंसा गरेका छन् भने विपक्षी सासंदले आलोचनात्मक समर्थन गर्दै छलफलमा भाग लिएका छन् ।

प्रदेश सरकारले संसदमा पेश गरेको ३५ अर्ब ९३ करोड रुपिया“को बजेट र त्यसबाट आगामी एक वर्षमा प्रदेशको विकासका लागि प्राथमिकता निर्धारण गरिएको क्षेत्रको विषयमा सांसदले विस्तृतमा छलफल गरिरहेका छन् ।

आइतबारको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सर्वध्वज सा“वाले बजेटले प्रदेशका जनतालाई विकासको सपना देखाएको बताउनुभयो । उहा“ले केचनाकवलदेखि तराईको मैदान, पहाड र उच्च हिमाली क्षेत्रको विकासको लक्ष्य पहिल्याउ“दै बजेटले सबैलाई सपना देखाएको र बजेटको उच्च कार्यान्वयनले त्यो सपना पूरा गर्न सबैले उत्तिकै मिहिनेत गर्नुपर्ने बताउनुभयो ।

बजेटले कृषि, पर्यटन, ऊर्जा आदि क्षेत्रको विकासमा महŒवपूर्ण योजना र कार्यक्रमका साथ बजेट आएको प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले बताउनुभयो । बजेट कुनै सपनाको आधारमा नभई यथार्थको महलमा तयार भएकाले यसले प्रदेशको समृद्धि सुनिश्चित गरेको उहा“को भनाइ थियो । त्यस्तै प्रतिपक्ष सांसद शिवनारायण गनगाईले बजेटका धेरै पक्ष राम्रा भए पनि बजेटले स्पष्ट लक्ष्य पहिल्याउन नसकेको टिप्पणी गर्नुभयो ।

बजेट सपनाको धरातलमा तयार पारिएको बताउ“दै उहा“ले त्यसलाई यथार्थमा रुपान्तरण गर्न चुनौती रहेको औंल्याउनुभयो । बजेटले कृषिलाई प्राथमिकतामा राखे पनि जुट खेतीको सम्भावनालाई अस्वीकार गरिएको, यो वर्ष तराई क्षेत्रमा प्रशस्त मकै उत्पादन भए पनि बजार खोज्न र किसानलाई प्रोत्साहन गर्न बजेट मौन रहनु यसको नकारात्मक पक्ष भएको उहा“ले टिप्पणी गर्नुभयो ।

यसैबीच एक नम्बर प्रदेश सरकारले बिहीबार प्रदेशसभामा पेश गरेको प्रदेशको रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा आइतबार सत्तापक्ष र प्रतिपक्ष दुवै तर्फबाट संशोधन दर्ता भएको छ