म्याक लुब्रिकेन्ट्स नयाँ प्याकेजिङमा

0
Shares

काठमाडौं, (नेस)
ग्लोबल फरच्यून ५०० र महारत्न कम्पनी, भारत पेट्रोलियम कर्पोरेसनले म्याक लुब्रिकेन्ट्सको नया“ प्याकेजिङ रेन्जको शुरूआत गरेको छ ।

वीपीसीएलका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर डी राजकुमार र सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले त्यसको शुरुआत गर्नुभएको थियो । सिप्रदी ट्रेडिङ प्रालि म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक बिक्रेता हो ।

भविष्यलाई अंगाल्ने योजना अनुसार म्याक लुब्रिकेन्ट्सले सारै आकर्षक र नया“ डिजाइनमा पूर्णरुपमा नया“ रेन्जको प्याकेजिङको शुरुवात गरेको छ । नया“ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नया“ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाइल भएकाले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ ।

नया“ प्याकमा भएका मुख्य विशेषतामध्ये ट्याम्पर इभिडेन्ट क्याप – ग्राहकको विश्वास जित्न र भरपर्दो प्रोडक्ट डेलिभरीको लागि, दुईवटा ह्याण्डल ग्रिप – सजिलै बोक्नको लागि टप ह्यान्डल र खन्याउन सजिलोको लागि साइड बटम ह्यान्डल रहेको छ ।

टाटा इल्क्सीले डिजाइन गरेको यो नया“ प्याक धेरै पटकको टेस्टपछि शुभारम्भ गरिएको छ ।कम्पनीको भनाइ छ । यसलाई रातोः पेट्रोल इन्जिन सेग्मेन्टको लागि, गोल्ड: – प्रिमियम सेग्मेन्टको लागि (पेट्रोल÷डिजेल), नीलो ग्रे: – डिजेलको लागि, गियर आयलको लागि, संरक्षित/विशेष सेग्मेन्टको लागि र ग्रिन – कृषि सामग्री तथा पर्यावरण अनुकुल सेग्मेन्टको लागि रहेको कम्पनीले जनाएको छ ।