हेमन्त पौडेल, सुखड कैलाली ।
राजमार्गका विभिन्न जंगल र एकान्तमा बसेर चेकिंगका नाममा ट्राफिक प्रहरीले रकम असुल गर्ने गरेको छ । ट्राफिक प्रहरी कार्यालयकाचेकपोष्ट भन्दा जंगल र एकान्तठाउँमा गएर किन चेकिंग हुन्छ भन्ने बारेमा सवै जानकार भएपनि ट्राफिक प्रहरीले गरेको रकम असुलीलाई रोक्न सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।पूर्वपश्चिम राजमार्गका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । कुन बेला कस्तो मुर्गा भेटिन्छ भनेर बस्ने गरेका छन् ।
उनीहरु दुर्घटना न्यूनिकरण गर्नुभन्दा पनि रकम असुल गर्नुनै प्राथमिकतामा पर्ने गरेको छ । पछिल्लो समयमा कैलालीको सुखडमा रहेको ट्राफिक प्रहरीले सवाधरी धनीहरुलाई अनावश्यक दुःख दिनुका साथै विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको छ । दुर्घटना न्यूनिकरण गर्नका लागि जनचेताना फैलाउनु भन्दा पनि सानातिना कम्जोरी खोज्दै जरिबानाको बाहाना बनाएर रकम उठाउने गरेकाछन् । सुखडमा रहेको अस्था प्रहरी पोष्टका इन्चार्ज कृष्णबहादुर विष्टको नेतृत्वको टोलीले पैसा उठाउने काम तिब्र पारेको छ ।
एसपीले तोकेको कोटा पूरा गर्न जथाभावी रकम उठाइएको गुनासो
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख योगबहादुर पाललाई मासिक चालिस हजार रुपैंया बुझाउनुपर्ने सर्तमा सुखड पठाइएका विष्टले यतिबेला सवारी दुर्घटना न्यूनिकरण भन्दा पनि एसपी पाललाई बुझाउने रकम कसरी उठाउन सकिन्छ भन्दै विभिन्न गौंडामा बसेर सवारी साधनबाट रकम उठाउने गरेकाछन् । सुखडमा जान धेरैले प्रयास गरेपनि जसले बढी पैसा बुझायो उसैलाई पठाउने एसपी पालको मनसाय देखेपछि विष्टले अरुको तुलनामा बढी रकम दिने भएपछि उनलाई सुखड पठाएको हो । हरेक महिनाको १ गते क्षेत्रीय
ट्राफिक प्रहरी प्रमुख एसपी पाललाई रकम बुझाउन विष्ट अत्तरिया जाने गरेकाछन् ।
साना कुरालाई पनि ठूलो बनाएर जरिबाना काट्ने काम भएको स्थानीय बासिन्दाहरु बताउँछन् । यस क्षेत्रमा गुड्ने सानादेखि ठूला सबै प्रकारका सवारी साधनहरुबाट ट्राफिक प्रहरीले पैसा असुल्न गरेको एक स्थानिय बासिन्दाले बताए । उनले भने पहिलादेखिनै यस क्षेत्रमा ट्राफिक प्रहरीले विभिन्न बाहानामा सवारी चालकहरुबाट पैसा असुल्दै आएको उनको दावी छ । कहिले काँहि लाईसेन्स ब्लुबुक बोक्न विर्सेकाहरुलाई पनि सोही बाहाना बनाई पैसा लिने गरेकाछन् । तर ट्राफिक प्रहरीकै संरक्षणमा चोरीका गाडीहरु सो क्षेत्रमा चल्ने गरेकाछन् । उनीहरुबाट मासिक रकम लिएर उनीहरुलाई चल्न दिएको दावी समाचार स्रोतको छ ।
यस अघि सुखडमा बस्ने ट्रफिक इन्चार्जले फिल्डमा खटिने जवानहरुलाई पनि भागबण्डा गरेर रकम दिने गरेपनि विष्ट इन्चार्ज भएपछि उनीहरुले रकम नपाएको गुनासो गरेकाछन् । एसपी सापलाई बुझाउने पुग्दैन भन्दै विष्टले अन्य ट्राफिकलाई पैसा नदिएको बताइएको छ ।विष्टले सुखड क्षेत्रमा चल्ने विना नम्बर प्लेटका तथा लाईसेन्स नभएका विद्युतीय र अटोरिक्सा, टेक्टर, बस, ट्रक, टिप्पर, जेसीवी चोरीका मोटरसाईकल लगाएतका साधनहरुबाट मासिक एक लाख बढी रकम बुझ्ने गरेको स्रोतको दावी छ ।
तर इन्चार्ज विष्टले भने आफूले रकम नउठाउने गरेको बताए । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी योगबहादुर पालले भने पैसा लिएको प्रमाण दिएमा कार्वाही हुने बताए । विना प्रमाण कुरा गरेर पत्रकारहरुले चत्रिहत्या गर्ने गरेको आरोप लगाउनुभयो । रे को कुरा गरेर आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिँदै एसपी पालले जेल जानुपर्ने चेतावनी दिए । उता सात नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी सरद चन्दले अबैधरुपमा रकम असुल गरेमा कार्वाह ीगर्ने बताउनुभयो ।











प्रतिक्रिया