संसदलाई मन्त्रीले हेपेपछि बैठक स्थगित, कालिकोटे सांसदले बजेट फिर्ता गरे

0
Shares

काठमाडौं । सरकारले बिनियोज गरेको आर्थिक बर्ष २०७५–०७६को सत्ताधारी दलका सांसदले नै बिरोध गरेका छन । सत्ताधारी दल नेकपाका सांसद दुर्गाबहादुर रावतले सरकारले ल्याएको बजेटले कालिकोटका जनतालाई हित नगर्ने भएकाले सरकारले ल्याएको बजेट सरकारलाई नै फिर्ता गरेको घोषणा गर्नुभएको छ ।
आईतबारको संघीय संसदको बैठकमा मन्त्रालयगत छलफलमा भागलिदै सांसद रावतले जनताको पक्षमा नआएको बजेटको आफुले भारी नबोक्ने र आफु अपाङ भएको कारण अहिले सम्म भारी नबोकेको भन्दै सरकारको आलोचना समेत गर्नुभएको थियो ।
बिपक्षी सांसदले भन्दापनि बजेटको बढी आलोचना गर्नुभएका रावतले सरकारको नीति तथा कार्यक्रम पनि पाङ न पुच्छरको भएको बताउनुभयो ।
यसैबीच बजेटको नीतिगत छलफलमा मन्त्रीको सहभागीता नरहेको भन्दै सभामुखले केहीबेरको लागि बैठक स्थगित गर्नुभएको थियो ।