ढुंगाले लागेर ज्यान गयो

0
Shares

डोटी, (नेस)
डोटीको दिपायलस्थित घोलतडामा पानी भरिरहेका बेला टाउकामा ढुंगा लागेर एक महिलाको ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरिक्षक दिलबहादुर कुँवर दिनु भएको जानकारी अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका ५ घोल्तडा बस्ने बर्ष ५५ की हरिना भण्डारी शुक्रबार दिउसो घर नजिकैको धारामा पानी भरीरहेको अवस्थामा माथी बाट खसेको ढुंगा लागेर उहाँको ज्यान गएको हो ।

मृतक भण्डारैको सव जिल्ला अस्पताल डोटीमा पोष्टमार्टमगरी आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।