अधिनायकवादको अभ्यास शुरु

0
Shares

काठमाडौ । चौतर्फी रुपमा सरकार अधिनायकवाद तर्फ उन्मुख भएको अरोप लागि रहेको बेला प्रधानमन्त्री केपी ओली अधिनायवादतर्फ उन्मुख हुन थाल्नु भएको छ ।
काम भन्दापनि कमेडी भाषणमा रमाउदै आउनु भएका प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आतंकित बनाउन अनुगमन गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कामको अनुगमन गर्ने घोषणा गरेपछि मन्त्रीहरुले नै अधिनायकवाद शुरु भएको बताएका छन ।
प्रधानमन्त्रीको पछिल्लो कदमप्रति तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत असन्तुष्ट बन्नुभएको छ । प्रधानमन्त्री जीले काम भन्दा पनि भाषण बढी गर्दै हिड्नु भो । काम जुन गतिमा हुन्छ भन्ने सोचेका थियौं तर काम भएन । सपना बाढ्ने काम बढी भयो अव काम गर्नु पर्छ प्रचण्डलाई उदृत गर्दै स्रोतले जानकारी दियो ।
हरेक काममा उहांले देखाउनु भएको चासोले गम्भिर प्रश्न उठाइदिएको छ । सरकारले जनताको पक्षमा काम गर्नु भन्दापनि आफु कसरी पपुलर हुन सकिन्छ भन्ने तर्फ लागेर काम गर्ने मन्त्रीलाई समेत आतंकित बनाउने काम प्रधानमन्त्री ओलीले गरेको आरोप एक मन्त्रीले लगाएका छन ।
प्रधामन्त्री ओलीको कार्यशैली सच्चिएन भने यसले पार्टीलाइ दीर्घकालिन रुपमा समेत असर पार्ने ती मन्त्रीले बताए । प्रधानमन्त्रीले हामीलाई बधुवा मजदुरको जस्तो ब्यवहार गर्ने, हरेक काममा हस्तक्षेपकारी भूमिका खेल्न खोज्ने उहांको कार्यशैली हामीलाई पाच्य छैन ती मन्त्रीले न्युजअफ नेपाललाई जानकारी दिए ।
प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीले हालै दुईपार्टी बीच भएको पार्टी एकतालाई समेत गम्भिर असर पारेको तत्कालिन नेकपा माओवादी केन्द्रका एक नेताले बताए । दुई पार्टी एकता भएपनि उहांले पूर्व माओवादीहरुलाई छायामा पार्ने, हरेक निर्णयमा दुई अध्यक्षको सहमति पछि मात्रै कार्यान्वयनमा लैजाने पूर्व सहमतिलाई लत्याएर उहांले जसरी काम गर्नु भएको छ यसले पक्कैपनि राम्रो गर्दैन ती नेताले भने ।