प्रहरीको घेरा तोड्दै प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

0
Shares

नेपाल समाचारपत्र, नुवाकोट ।
नेपाल विद्यार्थी संघ (साबिक) क्षेत्र नं ३ ले नुवाकोटले विदुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

सरकारले पेट्रोलिय पदार्थमा गरेको मुल्यवृद्धि र कालोबजारीले सर्वसाधारण मर्कामा परेपनि सरकार गम्भिर नभएको भन्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीको पुत्ला दोहन गरेको नेविसंघ नुवाकोटका नवराज सुवेदिले बताए ।

पुत्ला लोहनका क्रममा नेविसंघले राजीनामा मुल्यबृद्धि फिर्ता गन माग गरेको थियो । पुत्ला दोहनको क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।

प्रहरीले पुत्ला २ पटकसम्म निभाउन खेजेपनि तेस्रो पटकमा आन्दोलनकारीले प्रधानमन्त्रिको पुत्लो दोहन गर्न सफल भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेता ध्रुब अधिकारीको समेत सहभागिता रहेको थियो ।