जडिबुटीका स्थानीयले ट्रिपरमाथि आगजनी गरेपछि सडक अबरुद्ध

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
काठमाडौंको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि स्थानीयले ट्रिपरमाथि आगजनी गरेका छन् । आगजनीपछि सडक अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् ।