डोटीमा एक महिनामा ३ सय १५ गाडी कारवाहीमा



विमल विष्ट, डोटी ।
डोटीमा एक हिनामा ३ सय १५ सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी नायब निरिक्षक रुपसिंह थापाले दिनु भएको जानकारी अनुसार जेठ महिनाको २९ गते सम्ममा जिल्ला भरीमा बस २६,ट्रक ६३,टयाक्टर ५०,जिप १ सय १९ तथा ५७ वटा मोटरसाईकिल कार्वाहिमा परेका छन् ।

नियम बिपरित यातायातका साधन चलाउने,सवारी चालक अनुमती पत्र नबोक्ने,गाडीका कागजात साथमा नभएका तथा अन्य बिभिन्न ट्राफिक नियम उलंघन गरेका सवारी साधन कार्वाहिमा परेको ट्राफिक प्रहरी प्रमुख थापाले बताउनु भयो ।

कारवाही गरिएका सवारी साधन बाट कुल एक लाख ६४ हजार ५ सय रुपिया साज्वस्व समेत संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले जनाएको छ । पछिल्लो समय डोटीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी साधन चेक जाचमा कडाई गर्न थालेपछि यती ठुलो संख्यामा सवारी साधन कार्वाहिमा पर्न थालेका हुन् ।

त्यस्तै प्रहरीले करिब आधा दजर्न बढी सवारी साधनलाई सवारी ऐन अन्तरगतको मुद्दा चलाउनका लागि जिल्ला प्रहरी कार्यालय डोटीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्