दीपाश्री निरौलाका ‘धर्म बा’ बरिष्ठ कलाकार थापाको निधन

0
Shares

काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती २ बजे उनको निधन भएको हो । ९२ बर्षको उमेरमा उनको घरमै निधन भएको स्रोतले जानकारी दिएको छ ।

लामो समयदेखि विभिन्न रोगबाट पिडित रहेका थापाको अस्पतालमा उपचार भैरहेको थियो । थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए ।

उनी, हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि चर्चित बनेका थिए । उनले, थुप्रै नेपाली चलचित्रमा समेत काम गरेका छन् । तर, पछिल्ला केही बर्षदेखि रोगले थलिएपछि थापाले चलचित्र अभिनय कम गरेका थिए ।

उनी, निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत थिए । भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।