भारतबाट महिला र बालकको उद्धार

0
Shares

हिक्मत नेपाली, दैलेख । भारतको ब्याङ्गलोरमा बेचिएका महिला र बालकको उद्धार गरिएको छ । आफ््नै श्रीमानबाट बेचिएकी महिला र बालक (उनका छोरा) लाई भारतको ब्याङ्गलोरबाट उद्धार गरिएको हो ।

उद्धार गरिएकामध्ये महिलाको उमेर १८ बर्ष र बालकको उमेर २ वर्ष रहेको जनाएको छ । उद्धार गरिएका १८ वर्षकी महिला र उनको दुई बर्षिया छोरा दैलेखको रहेको बताइएको छ । भारतमा बेचिएकी महिला र बालकको माइती पक्षले गत जेठ ९ गते मानव बेचबिखन तथा ओसार पोसारमा परेको भन्दै दिएको निवेदनका आधारमा उनीहरुलाई उद्धार गरिएको हो ।

श्रीमान गत २ बर्ष देखि भारतको ब्याङ्गलोर साझापुरमा बसोबास गर्ने र श्रीमानले आइकन कम्पनीमा काम गर्दै आएको उद्धार गरिएकी महिलाले बताइन् । चार महिना अगाडी बजार घुम्न गएका थियौ, श्रीमाले “तिमी घर जाउँ, म एकछिन पछि आउछुँ भन्नुभयो ।” म घर गएँ, घरमा पुग्ने वित्तीकै एक्कासी अन्जान व्यक्तिहरुले जर्बजस्ती सेतो पाउडर मुखमा सुँघाएर बेहोस बनाएर अपरिचित ठाउँमा लिएर राखे, उनले भनिन् ।

बेहोस बनाएर लगेका अपरिचित व्यक्तिहरुले हामीले २ लाख २० हजार भारतीय रुपैयाँमा तिमीलाई किनेका हौ, तिन बर्ष पछि तिम्रो छोरालाई हामीले लैजाने हो भन्दै दिनुहुँ मानसिक तनाव दिने गरेको उद्धार गरिएकी महिलाले बताइन् । अपरिचित व्यक्तिहरुले पलास्टीक कारखानामा लगेर राखेका थिए, दिनुहुँ मानसिक तनाव दिन्थे, उनले भनिन् ।

१ बर्ष अगाडी श्रीमानसंगै भारत गएकी उनि ६ महिना अगाडि मात्रै ब्याङ्गलोरमा बस्न थालेकी थिइन् ।

१८ बर्षिया महिला र २ बर्षिया बालक बेचबिखनमा परेको भन्दै उनका माइती पक्षले दिएको निवेदनका आधारमा दैलेख जिल्लामा महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र शक्ति समूह काठमाण्डौको पहलमा महिला र बालिकाको उद्धार गरिएको हो ।

उद्धार गरिएकी महिला र बालकलाई थप मनोविमर्श परापर्शसेवा तथा अन्य सहयोगको लागि शक्ति समूह काठमाण्डौमा पठाइएको बाल हेल्पलाइन, महिला तथा बालबालिका केन्द्र दैलेखका संयोजक रमा श्रेष्ठले बताइन् ।