नेपाल समाचारपत्र, काभ्रे । ‘संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विटक बस्ति डाँडापारीको महाभारत गाउँपालिकामा फ्रिवाईफाई सेवा उपलब्ध नगराउनु भएको भए आफ्नै घर आँगनबाट नागरिकता लिने सपना पुरा हुन सक्दैन थियो’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने–‘मन्त्रीले फ्रिवाईफाई र सोलार निशुल्क उपलब्ध गराईदिनु भयो ।
जसका कारण इलाका प्रशासन कार्यालय महाभारत गाउँपालिकामा शुरु गर्न सम्भव भयो ।’
‘गाउँपालिकाको आफ्नै बजेटबाट प्रत्येक घर धुरीमा सोलार टुकी उपलब्ध गराउने योजना थियो’–‘अध्यक्ष जिम्बाले भने–‘मन्त्री बास्कोटाले ३ हजार थान सोलार टुकी उपलब्ध गराईदिएपछि गाउँपालिकाको डेड करोड रकम बचत भयो ।’ मन्त्री बास्कोटााई सोहि निर्वाचन क्षेत्रका प्रदेश सभा सांसद रत्न ढकालले पनि साथ दिएका थिए ।
१० वाट क्षमताका ३ हजार पिस सोलार बत्ति घर घर वितरण भएका छन् । ३२ सय घर धुरी मध्ये २ सय घर धुरीलाई लघु जलविद्युत्तको विजुली उपलब्ध गराईएको छ । सडक सञ्जालबाट समेत विकट डाँडापारी क्षेत्र विद्युत्त सेवाबाट समेत अन्धकारमा थियो । गाउँ पु¥याईएको सोलारका प्यानलमा तीनवटा चिम राख्ने ब्यवस्था छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र मार्फत सोलार बत्ति गाउँ पु¥याईएको हो ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले ३ हजार सोलार प्यानल बाहेक गाउँपालिका कार्यालयका लागि १२ सय वाट क्षमताको ८ वटा सोलार प्यानल लगेका छन् । चालु वर्षमा ५० लाख रकम उक्त कार्यका लागि विनियोजन गरिएको अध्यक्ष जिम्बाले बताए । संचार तथा सूचना प्रविधि राज्यमन्त्री बास्कोटाले जिल्लाका ४५ वटा सामुदायिक विद्यालयमा निशुल्क फ्रिवाईफाई सेवा सूचारु गरेका छन् ।
विद्यालयमा विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि कम्प्युटर सहितको निशुल्क इन्टरनेट सेवाले महत्वपूर्ण योगदान पु¥याएको अध्यक्ष जिम्बाले बताए । डाँडापारी क्षेत्रका अधिकांश विद्यालयमा गोकुल बास्कोटा मन्त्री भए पछि इन्टरनेट जोडिएको छ भने खानीखोला गाउँपालिकामा मोवाईलको टाओर निर्माण गरिसकिएको छ ।
जिल्लाको पाँचखाल, मण्डन क्षेत्र, बनेपा, पनौती, बेथाञ्चोक, कुशादेवी, रयाले, चलाल, ढुंखर्क, कोशिपारीका भुम्लु गाउँपालिका र चौरी देउराली गाउँपालिकाका विभिन्न विद्यालयहरुमा, स्वास्थ्य चौकीहरु र गाउँपालिका तथा वडा कार्यालयहरुमा निशुल्क इन्टरनेट सेवा शुरु गरिएको छ ।
बास्कोटा मन्त्री भए लगत्तै धुलिखेलसम्म जोड्ने मेट्रो रेलको अध्ययन शुरु गरिएको थियो । बास्कोटा लगानी बोर्डका सदस्य हुन् । त्यस्तै बनेपा नगरपालिका ११ र १२ नम्वर वडाको सिमाना नागिडाँडामा विमानस्थल निर्माणको कार्य समेत शुरु गरिएको छ । पाँचखालमा खानेपानी, नालामा सडक कालोपत्रे तथा पुर्ननिर्माण, अन्य विभिन्न क्षेत्रमा विकास निर्माणले गति लिएको स्थानीयहरुले बताए ।
नेपाल कप्युनिष्ट पार्टीको केन्द्रिय सदस्य समेत रहेका बास्कोटाले स्थानीय स्तरमा नागरिकहरु प्रति देखाएको सद्भाव र जनजीविकासँग जोडिने विषयमा राखेको चासोले नागरिकहरु खुशी भएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । महाभारतबाट धुलिखेल सदरमुकाम आईपुग्न प्रति ब्यक्ति १ हजार भाडा, फर्कन १ हजार, खान बस्न एक रातको १ हजार, नागरिकता बनाएर गाउँ फर्कन साक्षी समेत लिएर आउँदा १२ हजार रुपैया खर्च हुने गरेको थियो ।
बार्षिक उक्त क्षेत्रबाट १ हजार ब्यक्तिहरुले नागरिकता, राहदानी र नाबालिक परिचयपत्र लिने गरेका छन् । नागरिकताको सेवा मात्रै शुरु गर्दा बार्षिक डेड करोड नागरिकको हुने खर्च कटौती भएको छ । जनताको अधिकार स्थानीय सरकारबाटै दिन शुरु गरिएको महाभारतमा पहिलो हो ।
संचार तथा प्रविधि मन्त्रीले नाला तथा पनौती क्षेत्रमा सडक निर्माणका लागि करोडौ रकम विनियोजन गरेका छन् । जिल्लाको पुहँच पुगे लगत्तै योजनाहरुमा धमाधम रकम विनियोजन भएको हो ।











प्रतिक्रिया