काठमाडौं, (नेस) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किमजोङ उनबीच सिंगापुरमा भएको शिखर वार्ताको नेपालले स्वागत गरेको छ ।
शिखर वार्ता र त्यस पश्चात जारी भएको संयुक्त विज्ञप्तीमा उल्लेखित विषय कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै सरकारले कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्ने मार्ग प्रशस्त भएको जनाएको छ । ट्रम्प र किम वार्ताबारे परराष्ट्र मन्त्रालयले मंगलबार अपरान्ह विज्ञप्ती जारी गरेको हो ।











प्रतिक्रिया