जी ७ को तस्वीर चर्चामा

0
Shares

बर्लिन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला कदम तथा उनका आक्रामक शैलीका ट्विटले क्यानाडामा भइरहेको जी ७ को शिखर सम्मेलन तनावपूर्ण र अत्यन्तै विवादमा अल्झेको कसैबाट लुकेको छैन।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केल आफैंले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक तस्वीर पोस्ट गरेको छ। विश्वभरि नै उक्त तस्वीरमा देखिएको वातावरणलाई लिएर चर्चापरिचर्चा भइरहेको छ। तस्वीरमा रहेका नेताहरूको पोजलाई लिएर त्यहाँ के भइरहेको छ, भन्ने विषयमा आ–आफ्नो अनुमान गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साझा विज्ञप्तिमा सहभागी हुन अस्वीकार गरेपछिको स्थितिमा अन्य सहभागी राष्ट्रका नेताहरूबाट ट्रम्प घेरिएको अवस्थामा देखिएका छन्।
त्यसैगरी फ्रान्सका राष्ट्रपति म्याक्रोंले पनि सोही अवस्थाको अर्को एङ्गलबाट तस्वीर ट्विट गरेको छ। उक्त तस्वीरमा अमेरिकी राष्ट्रपतिलाई चारैतिर घेरेका जी ७ राष्ट्रका नेता कति चिन्तित छन् भन्ने देखाउन खोजेको छ।

क्यानाडाका प्रधानमन्त्री ट्रडोका आधिकारिक फोटोग्राफर एडम स्कटीले खिचेको उक्त तस्वीरमा वातावरण केही हल्का देखिन्थ्यो। तस्वीरमा जर्मन चान्सलर मर्केल मुस्कुराइरहेका थिए भने राष्ट्रपति ट्रम्प र ट्रडोको अनुहारमा पनि मुस्कान देखिन्थ्यो।

अमेरिकी राष्ट्रिय आर्थिक परिषद्का निर्देशक ल्यारी कुडलोवले ट्रम्प र उनको टोली असल भावनाले क्युबेक पुगेको तर क्यानाडाका प्रधानमन्त्री ट्रडोले उनलाई धोका दिएको ओरोप लगाएका थिए।

राष्ट्रपति ट्रम्पले आयोजक राष्ट्र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडो विरुद्ध ट्विट गर्दै उनलाई बेइमान र कमजोर नेता भएको बताएका थिए।