३३ किलो सुन काण्डका प्रहरीविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

काठमाडौं, (नेस)
३३ किलो सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चल्ने बताइएको छ। उनीहरूविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार विरुद्धको फाइल छानविनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई जिम्मा दिन लागेको विशेष छानबिन समितिका एक सदस्यले बताए।

समितिले अकुत सम्पत्ति कमाएको आशंकामा पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन गर्न आयोग पठाउने तयारीसमेत गरिसकेको छ।

त्यस्तै एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसीको हकमा भने भ्रष्टाचार मुद्दाको सिफारिस भएको छैन। उनीहरूले तस्करीमा सहयोग गरेको नभई सनम शाक्य हत्याको अनुसन्धानमा लापरबाही गरेकाले भ्रष्टाचार मुद्दा सिफारिस नगरिएको समितिका एक अधिकारीले बताए।