आरके ज्वेलर्समा छापा

0
Shares

काठमाडौं, (नेस)
३८ क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्युरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा छापा मारेको छ।

सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सको दरबारमार्ग र न्युरोडस्थित सुन पसलमा प्रहरीले छापा मारेको हो। समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको हो। समितिका सदस्य ग्राहक बनेर पसलमा पुगेका थिए। शाक्य सुन प्रकरण र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

समितिका संयोजक पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेर बिक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको बुझिएको छ।