नाडालको फ्रेन्च ओपनमा आधिपत्य

0
Shares

लन्डन, (एजेन्सी)
क्लेकोट किङ स्पेनका राफेल नाडालले फ्रेन्च ओपनमा ११औं उपाधि जितेर आफ्नो आधिपत्य जमाएका छन्।

सन् २०१७ को च्याम्पियन नाडालको यस वर्ष सो उपाधि ११औं हो। प्रतियोगिताअन्तर्गत आइतबार फ्रान्सको रोल्यान्ड ग्यारोसमा सम्पन्न फाइनलमा शीर्ष वरीयताका नाडालले चौथो वरीयताका अस्ट्रियाली डोमिनिक थिमलाई ६–४, ६–३, को सेटमा हराउँदै ११औंपटक फ्रेन्च ओपनको उपाधि जितेको हो। उनी सर्वाधिक फ्रेन्च ओपन जित्ने खेलाडीसमेत हुन्। जितसँगै उनले आफ्नो ग्रान्डस्लामउपाधि संख्या १७ पु¥याएको छ। स्पेनी खेलाडी नाडाल यो उपाधिसँगै २० ग्रान्डस्लाम जितेर कीर्तिमान राखेका रोजर फेडेररसँग तीन उपाधिबाट टाढा छन्।

योसँगै नाडाल एउटै ग्रान्डस्लाममा ११ उपाधि जित्ने पहिलो पुरुष खेलाडी बनेका छन्। त्यस्तै महिला खेलाडीमा मार्गेरेट कोर्टले ११औंपटक अस्ट्रेलियन ओपन उपाधि जितेकी थिइन्। नाडालले सन् २००५ देखि पेरिसमा आफ्नो प्रभुत्व जमाउँदै आएका छन्। उनले सन् २००९ र २०१६ बाहेक २००५ देखि २०१८ सम्म ११ उपाधि जितिसकेका छन्। उनले जितपछि बताए– ‘मैले यहाँ ११ उपाधि जित्ने सपना देखेको थिएँ त्यो पुरा भएको छ।’

यसअघि सेमिफाइनलमा चेचनाटीमाथि सनसनीपूर्ण जित हासिल गरेर थिम पहिलो पटक कुनै पनि ग्रान्डस्लामको फाइनलमा पुगेको थिए। यता नाडालले पनि सेमिफाइनलमा डेल पोत्रोलाई हराउँदै थिमसँग भेट पक्का गरेका थिए।