फ्रेन्च ओपन जितेर नाडालले कीर्तिमान रचे

0
Shares

स्पेनका राफेल नाडालले फ्रेन्च ओपन जितेर कीर्तिमान रचेका छन् । क्ले कोर्ट किंग नाडालले आईतबार फाइनल खेलमा सातौं वरियताका डेमिनिक थिएमलाई सीधा सेटमा हराएर उपाधि जितेका हुन् । उनले सो खेल ६–४, ६–३, ६–२ को जित हात पार्न ३ घण्टा संघर्ष गर्नु परेको थियो । उपाधिसँगै नाडालले १० लाख पाउन्ड पुरस्कार राशि पनि हात पारेका छन् । गत वर्ष पनि जितेका नाडालले सन् २००५ देखि पेरिसको रोलान्ड ग्यारोसमा आधिपत्य जमाउँदै आएका छन् । यो उपाधिसँगै नाडालले ग्रान्डस्लाम उपाधिसंख्या १७ पु¥याएका छन् । उनी अब कीर्तिमानी स्विट्जरल्यान्डका रोजर फेडेररसँग ३ उपाधिसंख्याबाट टाढा छन् ।