पृथ्वीको दिन लम्बिँदै

0
Shares

वासिङ्गटन, (एजेन्सी)
चन्द्रमा पृथ्वीबाट टाढिने क्रम जारी रहेकाले हाम्रो ग्रहमा दिन लामो भइरहेको वैज्ञानिकहरूले बताएका छन्। एक अध्ययनमा १ अर्ब ४० अर्ब वर्ष पहिला पृथ्वीमा एक दिन मात्र १८ घण्टा हुने गरेको तथ्य पत्ता लागेकोे छ। विज्ञानसम्बन्धी एक पत्रिका द नेसनल एकेडमी अफ साइन्सेजमा यस अध्ययनले चन्द्रमा र पृथ्वीको सम्बन्धको गहिरो इतिहासलाई पुनः स्थापित गरेको छ।

अध्ययनमा १ अर्ब ४० करोड वर्षअगाडि चन्द्रमा पृथ्वीको धेरै नजिक रहेको तथ्य पत्ता लागेको छ। चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने कक्षमा परिवर्तन आएकाले विस्तारै दिनको लम्बाइमा परिवर्तन भएको वैज्ञानिकहरूले बताएका छन्। अमेरिकाको विस्कोन्सिनस्थित मेडिसन विश्वविद्यालयका प्रोफेसर स्टिफन मेयर्सले चन्द्रमा टाढिने क्रमसँगै पृथ्वी आफै घुम्ने व्यवहारमा परिवर्तन आएको र यसको गति कम हुँदै गएको बताए।

ब्र≈माण्डमा पृथ्वीको गति अन्य ग्रहबाट प्रभावित हुने गर्छ। अन्य ग्रह र चन्द्रमाको गुरुत्वाकर्षण बलको प्रभाव पृथ्वीको गति निर्धारण हुन्छ। वैज्ञानिकहरूले लाखौं वर्षको अवधिमा पृथ्वीको यो गतिको अवलोकन गरेको हो र यसबाट पृथ्वी तथा चन्द्रमाबीचको दूरी र परिक्रमा समय पत्ता लगाउन सकेको हो।