परियारको लुकेको पाटो सार्वजनिक

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्रका निर्देशक डीवी परियार बारे धेरै नेपालीले सुने पनि उहाँले नेपालको राजनीतिक आन्दोलनमा पु¥याउनुभएको योगदानको पाटो ओझेलमा परेको छ।
परियार नेपाली कांग्रेसका संस्थापक नेतासमेत हुनुहुन्थ्यो भन्ने बारे बहुसंख्यक कांग्रेस नेता एवं कार्यकर्तासमेत अनविज्ञ छन्।

राजनीतिमा उहाँको संलग्नता र चलचित्र क्षेत्रको विस्तृत योगदानलाई केलाएर तयार पारिएको पुस्तक ‘भारतको स्वतन्त्रतादेखि नेपालको प्रजातन्त्र’ सार्वजनिक भएको छ।

कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका परियारबारे अंग्रेजी भाषामा लेखिएको पुस्तक कांग्रेस उपसभापति विमलेन्द्र नीधि र वरिष्ठ चलचित्रकर्मी यादव खरेललगायतले विमोचन गर्नुभयो। ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी’ नामक पुुस्तकको सम्पादन शंकर तिवारीले गर्नुभएको छ। तिवारी भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ बारे विद्यावारिधीका शोधार्थी हुनुहुन्छ। पुस्तक विमोचनका अवसरमा बोल्दै नेता नीधिले भन्नुभयो– ‘उहाँ (परियार)ले पार्टीलाई पु¥याउनुभएको योगदान, अन्य अभिलेख र पार्टीसँग तस्वीरसमेत नभएको अवस्थामा धेरै महत्त्वर्पूण पुस्तक तयार भएको छ।’

नेपालको राजनीति र चलचित्र बारेमा चासो राख्ने जो कोहीका लागि उपयोगी हुने पुस्तक नेपाली भाषामा तयार गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो। परियारबारे लुकेको पाटो सार्वजनिक गर्न सम्पादक तिवारीको योगदान महत्त्वपूर्ण रहेको वरिष्ठ चलचित्रकर्मी खरेलले बताउनुभयो। ‘पहिलो नेपाली सिनेमाका निर्देशक बारे नेपाली कलाप्रेमी धेरथोर जानकार होलान् तर उहाँको लुकेको पाटो बल्ल सार्वजनिक भएको छ’ –उहाँले भन्नुभयो।