हरकसिहं धामी, कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको भिनपा ४ स्थित महेन्दनगरको गल्ली नं. ३ मा रहेको ए वन बरुण नास्तातथा मिष्ठान होटलको प्रयोगमा रहेको भैरी ग्यासको सिलेण्डर भित्र ४ लि. पानी पाइएको छ ।ग्यास सकियो भनेर त्यसलाई निकाल्दा भारी लागे पछि चेक गर्दा ग्यास न आएको तर पानी आउन लागेपछि एउटा भाँडामा जम्मा गर्दा ४ लि. पानी आएको होटल सञ्चालक सुरेश पन्तले बताए ।
ग्यास विक्रेता देवलग्यास एजेन्सीका संञ्चालक मोहित देवलले आफुले १५ वर्ष देखि भैरी ग्यासको व्यापार गर्दै आएको अहिले सम्म कुनै सिकायत नआएको बताए । यो कम्पनी बाटै सिल लगाएर आउने भएकोले आफुहरुले विक्रीवितरण मात्र गर्ने गरेको बताए। भैरी ग्यासले पुरानौ ग्यास सिलेण्डर प्रयोग गर्नुका साथै ग्यास कमहुने उपभोक्ताको गुनासो रहेको छ ।
यसरी एउटा ग्यास सिलेण्डरमा४ लि. पानी आएमा यसमा लागेको शुल्क कसले तिर्ने साथै ग्यास बेच्नुपर्दा उपभोक्ताको अगाडी नै तोल गरेर बेच्ने व्यवस्था गर्नुपर्ने, यहाँका स्थिानीय एजेन्सीहरुले १, २ के.जी. ग्यास झिकेर आफै सिल लगाएर पनि बेच्ने गरेको एक उपभोक्ताले बताउनुभयो ।











प्रतिक्रिया