गोरेका प्रमुख सहयोगी राम तिवारी पक्राउ

0
Shares

काठमाडौं । ३३ केजी सुन बेपत्ता प्रकरण तथा सनम शाक्य हत्याकाण्डका प्रमुख अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेका प्रमुख सहयोगी राम तिवारी पक्राउ परेका छन् ।
गोरेले दिएको बयानको आधारमा तिवारीलाई छानवीन समितिले पक्राउ गरेको हो । दक्षिण कोरियाबाट फर्किएका तिवारीलाई आज पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि सार्वजनिक भएको अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको संवादमा तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए ।