१७ केजी चरेश सहीत २ जना पक्राउ

0
Shares

हेटौंडा । मकवानपुरको थाहा नगरपालिको सिमभन्ज्याङबाट प्रहरीले १७ किलो चरेश र गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी सिमभन्ज्याङबाट खटेको प्रहरी टोलीले थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट हेटौंडा जाँदै गरेको ना ५ ख १०५३ नम्बरको बसलाई सिमभन्ज्याङमा नै रोकी प्रहरीले चेक जाँच गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका १ बस्ने ५२ वर्षिय लक्ष्मण स्याङतान १४ किलो ४०० ग्राम लागु औषध चरेश सहित पक्राउ परेका छन् । स्याङ्तानले आफु बसेको सिटमुनि प्लास्टिकको बोरामा चरेश राखेर हेटौंडा तर्फ लाँदै गरेको मकवानपुर प्रहरीले बताएको छ ।

त्यस्तै पालुङबाट हेटौडातर्फ जाँदै गरेको ना १ ज ५३६१ नं. को सुमोबाट बिरगंज महानगरपालिकाका ३५ वर्षिय मनोज कुमार साहले खुट्टा र जुतामा लुकाई छिपाई राखेको लागु औषध चरेश २ किलो ७०० ग्राम र गाँजा ५० ग्राम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैबीच कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकी फरार रहेका मकवानपुर कैलाश गाउँपालिका–५ गोगने बस्ने बर्ष ३६ को जय बहादुर मुक्तानलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ । थाहा नगरपालिका–३ थानाबजारबाट पक्राउ परेका मुक्तानलाई १० बर्ष कैद सजाय सुनाएको थियो ।