काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ‘विमस्टेक’ को चौंथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा हुने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो सम्मेलन भदौ १४ र १५ गतेस“गै २१ र २२ गते गर्नका लागि सदस्य राष्ट्रसंग प्रस्ताव गर्ने निर्णय गरेको हो ।
शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको सरकारका प्रवक्ता एव संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बा“स्कोटाले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारागार कार्यालयहरूको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ । प्रशासनको कामलाई सहज ढंगले सम्पन्न गर्न प्रशासन, अध्यागमन र कारागार कार्यालयमा संगठन संरचना र दरबन्दी मिलानसम्बन्धी प्रस्ताव स्वीकृत गरिएको प्रवक्ता बा“स्कोटाले बताउनुभयो ।
उक्त बैठकले काठमाडौं–तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्यविधि, २०७५, प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक संसदमा पेश गर्ने प्रस्ताव र कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने तथा दोस्रो चरणको भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता बँ“स्कोटाले जानकारी दिनुभयो।
प्रतिक्रिया