सारापोभा र नाडाल अन्तिम १६ मा

0
Shares

पेरिस, (एजेन्सी)
दुई पटककी च्याम्पियन मारिया सारापोभा र २३ ग्रान्डस्लामकी धनी सेरेना विलियम्सबीच फ्रेन्चओपनअन्र्तगत अन्तिम १६ मा भिडन्त हुने सम्भावना बढेको छ।
शनिबार रुसी खेलाडी सारापोभाले छैटौं वरियताकी कारोलीना पिलिस्कोभालाई ६–२, ६–१ ले हराएपछि सेरेनासँग खेल्ने सम्भावना भएको हो। चेक खेलाडी पिलिस्कोभा गत वर्ष रोलान्ड ग्यारोसमा सेमिफाइनलसम्म पुगेकी थिइन्। यदि सेरेनाले तेस्रो चरण पार गरेमा मात्रै सारापोभा र उनीबीच खेल हुनेछ।

यसैगरी पुरुष सिंगल्सतर्फ डिफेन्डिङ च्याम्पियन र विश्व नम्बर एक खेलाडी राफाल नाडाल पनि अन्तिम १६ मा पुगेका छन्। उनले रिचार्ड गेसकेटलाई ६–३, ६–२, ६–२ को सीधा सेटमा हराएका हुन्। स्पेनी खेलाडी नाडालले रोलान्ड ग्यारोसमा ११औं उपाधि जित्नेतिर अग्रसर भइरहेका स्पेनी नाडालले सो खेल १ घण्टा ५८ मिनेटमा जितेका थिए।
आइतबार ३२ वर्षमा लाग्ने नाडालले ३१ वर्षीय फ्रेन्चम्यानलाई १६ भेटको हरेक खेलमा हराएका छन्। नाडालले क्वार्टरफाइनलमा पुग्न जर्मनीका म्याक्सिलियन मार्टेररसँग खेल्नेछन्। मार्टेररले इस्टोनियाका यर्जन जोपलाई ६–२, ६–१, ६–४ ले पराजित गरेका थिए।