सैनिक कारबाही

0
Shares

न्यूयोर्क, (एजेन्सी)
अमेरिकी सेनाले गरेको विश्वव्यापी सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरिमा झन्डै ५ सय नागरिक मारिएको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनमा जनाइएको छ। सो प्रतिवेदनमा तीमध्ये केही मानिसको मृत्यु अपरिहार्य रहेको पनि अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। यस विश्वसनीय प्रतिवेदनमा झन्डै ४ सय ९९ जनाको मृत्यु भएको र १ सय ६९ जना घाइते भएको उल्लेख गरिएको छ। अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको जनाएको छ।