काठमाडौं । नेपाल अायल निगमले फेरी पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ । सनिबार मध्यरातीदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल, तथा मट्टतिेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो ।
अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेशन -आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले बताए । अायल निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । निगमलाई अहिले ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।
निगमले प्रत्येक १५/१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।











प्रतिक्रिया