सडक बिस्तारमा प्रयोग भएको एक्साभेटरमा आगजनी,शंकास्पद दुई जना नियन्त्रणमा



पर्वत . पर्वतको फलेवास नगरपालिकामा सडक बिस्तारमा प्रयोग भएको एक्साभेटरमा आगजनी भएको छ ।
फलेवास नगरपालिका–५, झकलक खानीगाउँमा सडकमा रोकेको कुश्मा कन्ट्रक्सन प्रा.लि.को एक्साभेटरमा आगजनी भएको हो ।
पेट्रोल खनाएर एक्साभेटरमा आगो लगाएको पाइएको प्रहरीले जनाएको छ । आगालागीबाट एक्साभेटर पूर्णरुपमा क्षति भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले राति ११ बजे अज्ञात व्यक्तिले एक्साभेटरमा आगो लगाएको जानकारी दिए ।
एक्साभेटरमा आगजनी भएपछि स्थानियस्तरमा बिकास बिरोधीहरुले यस्तो काम गरेको भन्दै चर्को बिरोध भएको छ भने सुरक्षा निकायले समेत गम्भीर सुरक्षा चुनौतीको रुपमा लिएर अनुसन्धान अगाडी बढाई रहेको छ । फलेबास नगरपालिकाले बिज्ञप्ती प्रकाशित गरेर बिरोध जनाएको छ भने सामाजिक सञ्जालमा पनि त्यसको चर्को आलोचना भएको छ । फलेबास नगरपालिकाका प्रमुख पदमपणी शर्माले बिज्ञप्ती प्रकाशित गर्दै ‘सम्बृद्ध फलेबास नगरपालिका ’ बनाउने अभियानलाई प्रभावित बनाउन बिकास बिरोधीहरुले यस्तो घटना घटाइएको भन्दै यस्ता घटनाले अभियान नरोकिने स्पष्ट पारेका छन । बिज्ञप्तीमा यस्ता घटनामा संलग्न अपराधिक मनोबृत्तिका ब्यक्तिहरुलाई पत्तालगाई हदै सम्मको काबार्ही गर्न माग गरेका छन ।
घटनापछि सुरक्षा निकायले समेत बिकास निर्माणमा अबरोध र गम्भीर सुरक्षा चुनौतीकै रुपमा लिएर अनुसन्धान अगाडी बढाउन थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । ‘घटनालाई गम्भीर सुरक्षा चुनौतीको रुपमा लिएर गम्भीर अनुसन्धान गरिरहेका छौ’ प्रजिअ ढकालले भने ‘अन्य बिकास निर्माणका काममा पनि हुन सक्ने सुरक्षा चुनौती चिर्न सर्तकता अपनाएका छौ’ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाको नेतृत्वमा अनुसन्धान टोली नै बनाइएको छ । अनुसन्धान टोलीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको पहिचान भने खुलाइएको छैन ।
फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माको नेतृत्वमा नगरभित्रका सबै सडकको छुट्टाछुट्टै मापदण्ड बनाएर बिस्तारको काम भैरहेको छ । सडक बिस्तारका क्रममा बढी मापदण्ड भयो भनेर जग्गाधनीहरुले बिरोध पनि गर्दै आइरहेका छन । जैमिनीघाट–देबिस्थान–खानीगाउँचितीपानी–शंकरपोखरी –कार्कीनेटा सडकको पनि ११ किलोमिटर सडक र २२ मिटरमा संरचना बनाउन नपाईने मापदण्ड बनेको छ । छिमेकी बागलुङ्गको जैमिनी नगरपालिकाबाट पलेबास हुँदै प्रदेश राजधानी पोखरा सम्म जोड्नका लागि फलेवासबाट सडकलाई ११ मिटर फराकिलो बनाउने कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्