‘रक्तदानले होइन रगत नपाए मरिन्छ’

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले आकस्मिक रक्तदान गर्नकालागि क्लबहरु निर्माण गरेको छ । दुर्लभ रक्त समुहको आकस्मिक रक्तादाद गर्नकालागि यस्तो क्लबहरुको निर्माण शुरु गरिएको हो ।

कुनै पनि ब्यक्तिलाइ रगतको समस्याका कारणले ज्यान गुमाउनु पर्ने समय नआओस भन्ने सोच राखी क्लब गठन गरिएको छ । जुन समूहको रगत अति आवश्यक पर्छ तर रक्तसञ्चार केन्द्रमा उपलब्ध नरहेको बेला यो क्लबले रगतको ब्यवस्थापन गर्नेछ ।

रगतको समस्यालाई न्यून गर्ने कार्यमा योजनावद्ध रुपमा सबै सदस्यहरु लागि परेको संयोजक अरबिन्द सिंहले बताए । अध्यक्ष शत्रुघन नेपालको अध्यक्षतामा सम्पन भएको ८औ साधारण सभाबाट रक्तदान कार्यक्रमलाई अझ व्यवस्थित र सहज बनाउनको लागि बिभिन संरचना गठन गर्ने निर्णय गरिएको थियो ।

सोही अनुरुप शनिवार बीरगन्ज स्थित गीता मन्दिर परिसरमा विभिन्न संघसंस्थामा आबद्ध रहेका रक्तदाताहरुको भेला सम्पन्न भएको हो ।उक्त भेला अरबिन्द सिंहको सभापतित्वमा भएको थियो । भेलामा ब्लोदान पर्साका अध्यक्ष शत्रुघन नेपाल रक्तसञ्चार केन्द्र वीरगन्जका पुर्व संयोजक मदन प्रसाद गुप्ता, श्रीपुर वडा प्रहरिका इन्चार्ज प्रहरी निरिक्षक कुमार मौनाली, रक्तसञ्चार केन्द्रका इन्चार्ज प्रबिण मानन्धर, वडा नं. २४ का वडा अध्यक्ष दशरथ पटेलले मन्तब्य राखेका थिए ।विभिन्न समयमा रगतको समस्या भइरहेको र साथै रक्तदान कार्यक्रमको आयोजना गर्ने संघसंस्थालाई सहज बनाउनकालागि एशोसिएशनले अभियान ने चलाएको छ ।

कार्यक्रममा सहभागि प्रतिनिधिहरुबाट आएका जिज्ञासाहरुलाइ मेटाउने कार्य प्रबिण मानन्धर, अरबिन्द सिंह र मदन गुप्ताबाट गरिएको थियोे । कार्यक्रम संचालन राजन श्रीवास्तवले गरेका थिए ।खासगरी रगतदानले मरिन्न रगत नपाए मरिन्छ भन्ने जनचेतना फैलाउनका लागि पनि यी क्लबहरु गठन गरिएको हो ।