रामधन राई, खोटाङ । खोटाङमा लगातार बिद्युत अवरुद्द भईरहने कारण उपभोक्ताहरु दिक्क मान्ने गरेका छन् । सामान्य वर्षाद्, हावाहुरी तथा बाढी–पहिरो चल्ने बितिक्कै बिद्युत अवरुद्द हुने भन्दै कुनै भर नहुने बिद्युत सेवादेखि दिक्क लागेको जिल्लाबासी बताउँछन् ।
३३ केभी केन्द्रीय प्रशारण लाईनको उदयपुरको गाईघाटदेखि खोटाङको बुइपा सव स्टेशनसम्म पर्ने रुटमा बिभिन्न समस्या उत्पन्न हुने कारण पटक–पटक बिद्युत अवरुद्द हुँदै आएको छ । लामो दुरी हुनका साथै बीचमा जंगल तथा खोला–नाला भएको कारण बिद्युतको पोल भाँचिने, पहिरोले बगाउने, जंगलले अवरोध गर्ने गरेका कारण लगातार बिद्युत अवरुद्द भईरहँदा जिल्लावासीमा समस्या भएको छ ।
लामो समयको विद्युत अवरुद्धले सञ्चारमाध्यम तथा सञ्चारकर्मी, सरकारी तथा गैंरसरकारी कामकाज, व्यवसाय लगायतमा असर पुग्दै आएको रुपाकोट रेडियोका स्टेशन मेनेजर सुर्य तामाङले जनाउनुभयो ।
यता, नेपाल बिद्युत प्राधिकारण दिक्तेल बितरण केन्द्रले भने यो समस्या न्ुयूनिकरण गर्न केही समयदेखि कार्यालय खटिरहेको जनाएका छन् । जंगलभित्र रहेको बिद्युतको पोल अन्यत्र सार्ने, जङ्गलभित्र बिग्रिएका पोल मर्मत गर्ने, त्यसका डिस्पीन फेर्ने, च्यानलहरु मर्मत गर्नुपर्ने लगायतका कामलाई अगाडी बढाईएकोे प्राधिकरणले जनाएको छ ।
लामो समयदेखि अवरुद्ध हुँदै आएको विद्युतलाई नियमित गराउन हाल दिउसोको समयमा बिद्युत अवरुद्द गर्दै धमाधम काम गरिरहेको दिक्तेल बितरण केन्द्रको निमित्त कार्यालय प्रमुख धनेश्वर मण्डलले बताउनुभयो ।
साविकका ४० गाविसमा विद्युत विस्तार गरिएका खोटाङमा करिब ११ हजार बढी यसका उपभोक्ता रहेका छन् ।











प्रतिक्रिया