लेखापढी व्यवसायी कार्कीमाथि ज्यानमार्ने प्रयास

0
Shares

काठमाडौं । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति चावहिलका अध्यक्ष भीमबहादुर कार्कीको घरमा शुक्रबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।
२ साताअघि पनि साँझपख अज्ञात समूह घरमा आएर आक्रमणको प्रयास गरेको कार्कीका भान्जा सुजन खड्काले जनाउनुभयो । कार्की सुत्ने कोठा तोडफोड गरिएको र कार्की नभएकाले के कति सामान हरायो भन्ने थाहा नभएको खड्काले बताउनुभयो ।

गत जेठ ८ गते कार्की उनकी श्रीमती करुणा र छोरा समृद्धजंग कार्कीका लिएर क्यानडा जानुभएको छ । यसअघि पनि कार्कीमाथि पटकपटक आक्रमण गर्ने प्रयास हुँदै आएको परिवारले जनाएको छ । परिवारले भने सामान चोरीको मात्र नभई आक्रमणकै योजना भएको बताउँदै आएको छ । उता क्यानडामा रहनुभएका कार्कीले भने बिगतदेखि नै आफूलाई सुरक्षा खतरा भएको बताउँदै आउनुभएको छ । तर स्थानीय प्रहरी कार्यालयले भने कार्कीमाथि सुरक्षा खतरा नभएको र घरमा सामान्य क्षति मात्रै भएको जनाएको छ ।