अमेरिकी सेनाले एक बर्षमा पाँच सय नागरिक मारे

0
Shares

एजेन्सी । अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् ।

सुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४ सय ९९ जनाको मृत्यु भएको र १ सय ६९ जना घाइते भएका उल्लेख गरिएको छ ।

अमेरिकी सेनाले इराक, सिरिया, अफगानिस्तान र यमनमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका जनाइएको छ । ‘मारिनु दुखद घटना त हो तर त्यो सुरक्षाको दृष्टिकोणले आवश्यक र जिम्मेवारीपूर्ण नै थियो,’ प्रतिवेदनमा लेखिएको छ ।

सोमालिया र लिबियामा अमेरिकी सेनाद्धारा मारिएकाहरुको कुनै पहिचान हुन नसकेको जनाइएको छ ।