चितवन । चितवनको शक्तिखोरमा रहेको चुनढुङगा खानी निकाल्न प्रायोग गरिएको एक्साभेटर आज (शनिवार) बिहान बिप्लब समूहले आगजनी गरेको छ ।
विहान साढे ३ बजेको समयमा मोटरसाइकलमा आएका २ जनाले कालिका नगरपालिका ९ मा रहेको चुनढुङ्गाको स्टोरमा रहेको एक्साभेटर आगजनी गरेको प्रतक्षदर्शीले बताएका छन् ।
चुनढुङगा खानी उत्खनन् गरिरहेको कम्पनी स्टार लाईभ इन्डस्ट्रीले प्रयोग गरिरहेको लुम्बिनी बुद्ध कन्सटक्सनको एक्साभेटरमा आगजनी गरिएको हो ।
आगजनीबाट एक्साभेटरको धेरै भाग जलेर क्षति भएको छ । आगजनी गरिएको क्षेत्रमा बिप्लब समूहको पर्चा भेटिएको चितवनका प्रहरी प्रमुख शुसिल सिंह राठौरले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको दमकल ल्याएर बिहानै आगो नियन्त्रणमा ल्याइएको उहाँले बताउनुभयो ।

जिल्ला जनपरिषद् चितवनको नाममा छोडिएको पर्चामा स्थानियसंगको सहमती अनुसार काम नगरेको,सडक निर्माण,खानेपानी र बस्ति स्थानान्तरण लगाएतका काम नगरेको भन्दै कार्बाही गरिएको उल्लेख गरिएको छ । घटनामा संलग्न रहेका व्यक्तिको खोजी भैरहेको प्रहरी प्रमुख राठौरले बताउनुभयो ।











प्रतिक्रिया