नेपाल समाचारपत्र
काठमाडौं
सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। प्रधानमन्त्री केपी ओलीले दुई उपप्रधानमन्त्री समेत थप गरेका छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालबाट एक उपप्रधानमन्त्री र एकलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ। फोरमबाट सरकारमा दुई मन्त्रीले शपथ लिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।
– सरकारमा २ उपप्रधानमन्त्री थपियो
– आफ्नै बोलीमा टिकेनन् प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्रीमा नियुक्त हुनुभएका उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। त्यस्तै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको पनि बढुवा भएको छ। शुक्रबार साँझ पोखरेल, यादव, बस्कोटासँगै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिनुभएको छ।
गत फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन। सरकार र संघीय समाजवादी फोरम नेपालबीच २ बुँदे सहमति भएपछि फोरम सरकारमा सहभागी भएको हो। दुई मन्त्रालयमा विभागीय मन्त्री नहुँदा मन्त्रालयस्तरबाट हुने काम प्रभावित हुँदै आएको थियो। ओली नेतृत्वको सरकारमा यसअघि २२ सदस्यीय मन्त्रिपरिषद् रहेको थियो।
संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहनुभएका उपेन्द्र यादव र मोहम्मद इस्तियाक राइनलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो।
यादवले स्वास्थ्य तथा जनसंख्या र राइनले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आउनुभएको थियो। फोरमले समयमा नै मन्त्री छनोट गर्ने निर्णय गर्न नसक्दा सरकारले पूर्णता पाउन सकेको थिएन।
यसअघि उपप्रधानमन्त्री नराख्ने सार्वजनिक घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले राज्यको ढुकुटी दोहन गर्न दुई मन्त्रीलाई उपप्रधानमन्त्रीमा बढुवा गर्नुभएको छ।











प्रतिक्रिया