विशाल सैन्य अभ्यास

0
Shares

वासिङटन, (एजेन्सी)
अमेरिकाको हवाई द्विप र दक्षिण क्यालिफोर्नियानजिक जुन २७ देखि अगस्ट २ सम्म रिम अफ प्यासिफिक (रिमपेक) अहिलेसम्मकै सबैभन्दा ठुलो नौसैकिक अभ्यास गर्ने पेन्टागनले घोषणा गरेको छ । विश्वकै सबैभन्दा ठुलो सामुद्रिक सैन्य अभ्यासमा भारत र भियतनामको पनि सहभागिता रहनेछ। यस नौसैनिक अभ्यासमा ४७ युद्ध पोत, पाँच पनडुब्बी, २ सयभन्दा धेरै युद्धक विमान र २५ हजार सैनिक सहभागी हुनेछन् । रिमपेक–२०१८ का लागि चीनलाई आमन्त्रण गरिएको छैन। यस कदमलाई चीनले दुर्भाग्यपूर्ण बताएको छ । अमेरिकाले जारी गरेको विज्ञप्तीमा ब्राजिल, इजरायल, श्रीलंका र भियतनाम पहिलोपटक सहभागी हुन लागेको उल्लेख छ ।